Home मुख्य समाचार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थापना गरिएको कार्यालयको बोर्ड अनावरणपछि खिचिएको तस्वीर ।

हेटौंडाः आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमबार निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीले कार्यालयको उद्घाटन गनुभयो । राष्ट्रिय सभामा रिक्त भएका १९ मध्ये बागमती प्रदेशबाट निर्वाचित ४ जना छन् । आगामी माघ ११ गते ४ जना राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुनेछ ।

हेटौंडा–४ स्थित भुटनदेवी माविमा बागमती प्रदेशको मतदानस्थल तोकिएको छ । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा ३ सय ४७ जनाले मतदान गर्नेछन् । प्रदेश सभा सदस्य १ सय १० जना र २ सय ३७ स्थानीय तहका सदस्यहरुले मतदान गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयले आगामी शुक्रबार पुस २० गते मतदाता नामावली प्रकाशन गर्नेछ । पुस २० गते शुक्रबार नै दावी विरोधको उजुरी दिने, पुस २१ गते शनिबार र पुस २२ गते आइतबार निवेदन तथा उजुरीको छानविन र कारबाही गर्ने निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

पुस २२ गते आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, पुस २३ गते सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन गरिने जनाएको छ । यस्तै पुस २४ गते मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ गते बुधबार र पुस २६ गते बिहिबार उजुरी माथि जाँचबुझ गरी निर्णय गर्नेछ । पौष २६ गते उम्मेदवारको नामावली प्रकाशन, पुस २७ गते उम्म्देवारले नाम फिर्ता लिने र अन्तिम नामावाली प्रकाशन गर्ने जनाएको छ । मंसिर २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।

कार्यालय स्थापना कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख सूर्यप्रसाद सेढाई र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version