Home मुख्य समाचार डुम्रेकुनामा स्वास्थ्य शिविर

डुम्रेकुनामा स्वास्थ्य शिविर

शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारण।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिका–६, डुम्रेकुनास्थित जालपादेवी माविमा बागमती प्रदेश प्रहरी अस्पतालको आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार भएको शिविरमा बागमती प्रदेश अस्पतालका डा. भवानी गुरुङ, डा. प्रकाश घिमिरे, डा.अस्मिता ओलीसँगै वडा स्वास्थ्य इकाई प्रमुख रसिला रानाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

शिविरमा दुइ सय ५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा वडा अध्यक्ष कृष्णप्रसाद बजगाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर स्याङ्तानको पनि उपस्थिति रहेको थियो । स्वास्थ्य परीक्षणसँगै निशूल्क औषधि पनि वितरण गरिएको थियो ।

Exit mobile version