Home अर्थ/व्यापार गणपति सहकारीको अध्यक्षमा मैनाली

गणपति सहकारीको अध्यक्षमा मैनाली

कमल मैनाली

हेटौँडाः हेटौँडा–२ स्थित गणपति बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभाबाट कमल मैनाली सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । अध्यक्षबाट ध्रुब घिमिरेले राजिनामा दिनुभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालि रहनुभएका मैनालीलाई साधारणसभाबाट अध्यक्षको जिम्मेवारी दिइएको हो । साधारणसभामा सहकारीका कोषाध्यक्ष भीमप्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीमा दुइ हजार दुइ सय १४ जना सेयर सदस्य छन् ।

Exit mobile version