Home मुख्य समाचार आज मकवानपुरमा ४२ टन मल वितरण हुँदै

आज मकवानपुरमा ४२ टन मल वितरण हुँदै

हेटौंडाः कृषि सामग्री कम्पनि लिमिटेडले आज ४२ टन मल मकवानपुरका विभिन्न स्थानीय तहलाई वितरण गर्दैछ । कृषि सामग्री कम्पनिले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकालाई ५/५ टनको दरले मल दिने जनाएको छ ।

यस्तै बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुर गढी गाउँपालिका र भीमफेदी गाउँपालिकालाई ४/४ टन मल वितरण गरिने कृषि सामग्री कम्पनि लिमिटेडका छवि शर्माले जानकारी दिनुभएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका र राक्सिराङ गाउँपालिकालाई भने ३/३ टन मल वितरण गरिने उहाँले जानकारी दिनुभएको छ ।

Exit mobile version