Home मुख्य समाचार जंगली हात्तीको आक्रमणबाट मनहरीमा अधिकारीको घरमा क्षति

जंगली हात्तीको आक्रमणबाट मनहरीमा अधिकारीको घरमा क्षति

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–८ चिसापानीमा जंगली हात्तीको आक्रमणबाट स्थानीय जमुना कुमारी अधिकारीको घरमा क्षति पुगेको छ । मंगलबार राती १० बजेर १५ मिनेटको समयमा जंगली हात्ती आई अधिकारीको काठको बार भएको टिनले छाएको २ कोठे घरमा क्षति पुर्याएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ पठाइएको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट घरको पछाडीको भाग भत्किन गई सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version