हेटौँडा बजारको बुद्धचोकमा न्यायाधीशको पुत्ला जलाउँदै ।

हेटौंडाः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बुधबार बुद्धचोकमा न्यायाधीशको पुत्ला जलाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रवक्ता प्रकाण्ड सीसहितको नेताहरुमाथि पक्राउ पुर्जी जारी गरेको विरोधमा काठमाडौं जिल्ला अदालतका न्यायाधीशको पुत्ला जलाएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीले मंसिर १८ गते चन्द र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी फिर्ता गर्न माग गर्दै नेकपाले मंगलबार पनि देशैभर मसाल जुलुससहित कोणसभा गरेको थियो । दक्षिण–पूर्व मकवानपुरका जिल्ला सेक्रेटरी विवेक सीको नेतृत्वमा रहेको टिमले हेटौँडाको बुद्धचोकमा न्यायाधीश पुत्ला जलाएको हो ।