Home खेलकुद कराँते प्रतियोगिता सम्पन्न

कराँते प्रतियोगिता सम्पन्न

हेटौँडाः मकवानपुर क्योकुसिन कराँते संघ वनस्पती उपशाखाको आयोजनामा तथा हेटौँडा उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको प्रयोजनमा भएको प्रथम वडा अध्यक्ष फुल कन्ट्याक्ट राष्ट्रिय कराँते शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा ५० केजी तौल समुहमा महिलातर्फ आरती लोप्चन प्रथम, सुस्मिता भोम्जन द्वितीय, प्रयोना लोप्चन तृतीय र पूर्णिमा श्रेष्ठ चौथो भए । ५५ केजीबाट लक्ष्मी थिङ प्रथम, ज्योति लुङ्बा द्वितीय, अनिशा तमाङ तृतीय र निशा थापा मगर चौथो भए । पुरुषतर्फ ५५ केजीबाट रोशन गौतम प्रथम, हीभव राई द्वितीय, मनिष गोपाली तृतीय र नवराज गिरी चौथो भए । ६० केजीबाट दिनेश लामा प्रथम, रकेन्द्र बोहोरा द्वितीय, भुपेन्द्र यादव तृतीय र रामेश्वर चौथो भए ।

प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई क्रमशः जनही पाँच हजार, दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा एक सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । वनस्पती क्योकुसिन कराँते डोजाङका अध्यक्ष अशोक डिमडुङको अध्यक्षता तथा वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यमा शुक्रबार प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो ।

Exit mobile version