हेटौंडाः जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार बिहान भएको स्लो स्कुटी प्रतियोगितामा बबी थापा प्रथम हुनु भएको छ । जेसीआई हेटौंडा लेडीको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौं कार्यक्रमको रुपमा आयोजना गरेको स्लो स्कुटी प्रतियोगितामा सोविता केसी द्वितीय हुनुभएको छ भने सिर्जना लामिछाने तृतीय हुनु भएको छ ।
प्रतियोगिता हेटौँडा–४ स्थित शितलमहल चोकमा भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई हेल्मेट प्रदान गरिने जेसीआई हेटौँडा लेडीकी महासचिव सरस्वती थिङले जानकारी दिनुभएको छ । जेसीआई हेटौंडा लेडीकी अध्यक्ष डिलमाया घर्तीको सभाध्यक्षता तथा बागमती प्रदेश प्रहरी कार्यालय प्रहरीका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल जेसिज वर्ष २०२३ को राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि रश्मि बस्नेत र जेसिआई हेटौंडाका कार्यकारिणी उपाध्याय अमृत बर्तौलाको उपस्थिति रहेको थियो ।
