हेटौंडाः बामगती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयको आयोजनामा महिला पत्रकारहरुका लागि समाचार लेखन तथा सम्पादन कार्यशाला सुरु भएको छ ।
चितवनको भरतपुर महानगरपालिकास्थित देवनगरमा शुरु तालिमको बिहिबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गर्नुभयो । तालिममा बागमती प्रदेशमा क्रियाशील ३१ जना महिला पत्रकारहरुको सहभागी छन् । तालिम उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सिर्जना नेपाल, बागमती प्रदेश समितिमा महासचिव कृष्ण सारु मगरको पनि उपस्थिति रहेको थियो ।
तालिममा सञ्चारकर्मी विनोद ढुंगेल र सुरेन्द्र पाण्डेले प्रशिक्षण दिइरहनुभएको छ । तालिममा समृद्ध समाज दैनिककी संवाददाता अस्मिता भट्टराई पनि सहभागी हुनुहुन्छ ।
