हेटौंडाः चितवन जिल्लामा दुई वटा र काभ्रेपलान्चोकमा एउटा शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, बागेश्वरीमा नारायणी नदीमा एक जना पुरुषको शव फेला परेको छ । सोमबार दिउँसो साढे १२ बजेको समयमा नारायणी नदीले बगाई ल्याएको अन्दाजी ५२ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिकाको ३ नम्बर वडा कार्यालय नजिकै रहेको प्रतिक्षालयमा एक जना पुरुष मृत फेला परेका छन् । सोमबार बेलुका ९ बजेर ३० मिनेटको समयमा नाम, ठेगाना नखुलेको अन्दाजी २८ वर्षीय पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । पुरुष सोही क्षेत्रमा कवाड संकलन गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
यस्तै, काभ्रेपलान्चोकको पनौति नगरपालिका–६, दलिनचोकमा एकजना महिला आफ्नै घरमा मृत फेला परेकी छन् । मृत फेला पर्नेम ६७ वर्षीया लक्ष्मी दमाई रहेको प्रहरीले जनाकारी दिएको छ । दमाई सोमबार दिउँसो १२ बजेको समयमा आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
