हेटौंडाः मकवानपुरमा सोमबार ७ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरण अनुसार सोमबार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु पुष्टि हुनेमा ३ जना हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् । यस्तै, बकैया गाउँपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिका र मनहरी गाउँपालिकाका १/१ जनामा डेंगु संक्रमण पुष्टि भएको विवरणमा उल्लेखत गरिएको छ । साउन यता सोमबारसम्म ६ सय ८२ जनामा डेंगु पुष्टि भइसकेको छ । पुष्टि हुनेमा धेरै हेटौंडा उपमहानगरपालिकाका ४ सय ६१ बासिन्दा रहेको छन् ।
