हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का १९ वर्षीय सविन स्याङ्बो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान ११ बजेको समयमा हेटौंडा–११, थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा खटिएको प्रहरी चेकिङ टोलीले चितवनबाट हेटांैडातर्फ आउँदै गरेको ना ५ ख ७७८१ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार स्याङ्बोको साथबाट ३ किलो गाँजा बरामद गरेको हो । उक्त लागुऔषधसहित गाँजासहित स्याङ्बोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
