Home खेलकुद जिल्लाका नयाँ फुटबल क्लबबीच छनोट प्रतियोगिता हुने

जिल्लाका नयाँ फुटबल क्लबबीच छनोट प्रतियोगिता हुने

फाइल तस्बिर

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले नयाँ फुटबल क्लबबीच छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । जिल्लास्तरीय क्लबको मान्यता दिँदै जिल्ला लिग खेल्न पाउने गरी २ वटा क्लब छनोट गर्न प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभएको छ ।

नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगिता आगामी मंसिर २३ गतेदेखि सुरु हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आइतबार बसेको बैठकले आगामी मंसिर २३ गतेदेखि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको महासचिव छवी सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा १५ देखि २० वटा क्लब सहभागी हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने दुइ टिम जिल्लास्तरीय टिमको रुपमा छनोट भई जिल्ला लिगमा समेत सहभागी हुनेछन् भने आगामी लिगमा दुई वटा टिम घटुवामा पर्ने बताइएको छ । संघमा २८ वटा क्लब दर्ता छन् । मकवानपुर जिल्ला फुटबल संघका सदस्य आलोक स्याङ्तानको संयोजकत्वमा प्रतियोगिता हुने महासचिव सुवेदीले जानकारी दिनुभएको छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेताले सिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

Exit mobile version