हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीहरुलाई दसैँ मनाउन सहयोग गरेको छ । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेसहितको टोली कारागार पुगेर कैदीबन्दीलाई दसैँ मनाउनका लागि शुक्रबार ५० हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको हो ।
बकैया गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेसहितको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो । पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीहरुलाई दसैँमा एक आपसमा शुभकामना आदान प्रदान गर्दै खुशीयालीपूर्वक मनाउन सहज होस् भनेर सहयोग प्रदान गरेको जानकारी दिनुभयो । यस्तै राक्सिराङ गाउँपालिकाले खशी र खाद्यान्न उपलब्ध गराएको छ । यसअघि कैलाश गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई दसैँका लागि खशी र खाद्यान्न प्रदान गरेको थियो ।