Home मुख्य समाचार श्री आधारभूतलाई स्टेशनरी, लामिटारमा लागूऔषध विरुद्ध सचेतना

श्री आधारभूतलाई स्टेशनरी, लामिटारमा लागूऔषध विरुद्ध सचेतना

सहयोग सामग्री हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत सोमबार राक्सिराङ गाउँपालिका–३ स्थित श्री आधारभूत विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । सोमबार बिहान एक कार्यक्रमका बीच विद्यालयको विपन्न तथा गरिब विद्यार्थीको सहजताका लागि कापी, कलम, सिसाकलमसहितको स्टेशनरी सामग्री र फुटबल सहयोग गरिएको हो ।

कार्यक्रम संयोजक चुडामणि अधिकारी गोपालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षता भएको कार्यक्रममा जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष सल्लाहकार ज्योतिराज लुइँटेलको प्रमुख आतिथ्य रहेको थियो । सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै श्री आधारभुत विद्यालयका शिक्षक विजय थोकरले आगामी दिनमा पनि सहकार्यका लागि अनुरोध गरे । प्रमुख अतिथि लुइँटेलले सामाजिक कार्यसँगै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि काम गर्न अनुरोध गरे । जेसीज अभियानलाइ सार्थकता दिन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता रहेको थियो ।

यस्तै जेसीज सप्ताह अन्तर्गत सोमबारै दिउँसो स्थानीय शिवशक्ति टोल विकास संस्थाको विशेष अनुरोधमा मनहरी गाउँपालिका–३, लामिटारमा लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम भएको छ । गाउँमा लागूऔषध दुव्र्यसन बढेको भन्दै टोल विकास संस्थाले कार्यक्रमका लागि अनुरोध गरेको हो । कार्यक्रम संयोजक सुवास खड्काको संयोजकत्वमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी सहायक निरीक्षक कृष्ण न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका महासचिव सन्दिप शाक्य, साहारा समूहका अनिल तामाङ र सहायक निरीक्षक न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष इन्दिरा राई, जेसीज सप्ताह सहमूल कार्यक्रम संयोजक मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Exit mobile version