हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजा मुद्धाका फरार प्रतिबादीलाई १२ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपापलिका–१२, भञ्जाङ बस्ने ६९ वषीय नाईके भन्ने धनमाँया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।
२०६८ माघ १ गते मकवानपुरको साबिक टिस्टुङ गा.बि.स. वडा नम्बर ६ मा बस्ने लामालाई भञ्जाङ बाट पक्राउ गरेको जनाएको छ । लामाले आफ्नो घर पछाडी बारीमा १ हजार ४ सय ४० किलो लागुऔषध गाँजा लुकाई छिपाई गरी राखेको अबस्थामा प्रहरीले फेला पारेको थियो । वारदात पश्चात फरारमा रहेकोमा लामाको खोजतलासको क्रममा सोमबार बिहान ४ बजेर ३० मिनेटको समयमा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
