Home मुख्य समाचार हेटौँडा उपमहानगरका कर्मचारी काममा फर्किए

हेटौँडा उपमहानगरका कर्मचारी काममा फर्किए

काममा फर्किएका हेटौँडा उपमहानगरपालिकाका कर्मचारी ।

हेटौँडाः आफ्ना पेशागत माग राखेर मंगलबार र बुधबार पूर्णरुपमा सेवा अवरुद्ध गरेका हेटौँडा उपमहानगरपालिकाका कर्मचारी बिहिबारदेखि काममा फर्केका छन् । सेवा नै अवरुद्ध गरी आन्दोलनमा उत्रिएको भन्दै कर्मचारीको आलोचना भएकोसँगै आन्दोलनलाई सांकेतिक बनाएर काममा फर्किएका हुन् ।

पालिकाका कर्मचारीले आफ्ना माग लेखिएको व्यानर नगरपालिकाको प्रवेशद्वारमा राखेर विरोध जनाउँदै ।

आन्दोलनरत कर्मचारीले आफ्ना मागबारे संघीय सरकारलाई दबाब दिन रचनात्मकरुपमा विरोध गर्ने गरी सेवा सुचारु गरिएको हेटौँडा उपमहानगरपालिकाका अधिकृत लक्ष्मण मैनालीले जानकारी दिनुभएको छ । बिहिबार बिहानैदेखि हेटौँडा उपमहानगरपालिकाको सेवा सुचारु भएको छ । साथै कर्मचारीका जायज माग सम्बोधन गर्न हेटौँडा उपमहानगरपालिकाले संघीय सरकारलाई पत्र लेख्ने पनि मैनालीले जानकारी दिनुभएको छ ।

Exit mobile version