Home मुख्य समाचार नवजात शिशुको शव फेला

नवजात शिशुको शव फेला

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ बरमपुरमा एक नवजात शिशुको शव फेला परेको छ । बुधबार बिहान ९ बजेर ३० मिनेटको समयमा नेकराज पण्डितको खाली जग्गामा सेतो प्लाष्टिकको झोलामा भित्र शिशु मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

नवजात शिशु शवको बारेमा अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव जिल्ला अस्पताल पठाईएको प्रहरीले जाएको छ ।

Exit mobile version