हेटौंडाः मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–७ रमौलीबाट लागु औषधगाँजासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–७ का ३० वर्षीय रामशरण चेपाङ, १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमान सिह चेपाङ र ३० वर्षीय कृष्ण बहादुर प्रजा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
बुधबार राति ९ बजेर ४० मिनेटको समयमा मकवानपुर प्रहरीले गस्ती गर्दै जाने क्रममा पैदल आउदै गरेका उनिहरुलाई रमौलीमा सुरक्षा जाँच गर्दा उनिहरुको साथबाट लागुऔषध गाँजा १ सय ५० किलो फेला पारेको थियो । लागुऔषध गाँजासहित ४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
