Home मुख्य समाचार मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धानका निवृत्त डीएसपी थापाको निधन

मोटरसाइकल दुर्घटनामा राष्ट्रिय अनुसन्धानका निवृत्त डीएसपी थापाको निधन

हेटौंडाः मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डीएसपी जीतबहादुर थापाको निधन भएको छ ।

आज साँझ साढे ४ बजेको समयमा हेटौंडा–६, चौघडातर्फबाट हेटौंडा बजारतर्फ जाँदै गर्दा ६५ वर्षीय थापा सवार ना १२ प ५३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई क्याम्पाडाँडाको भित्तामा ठोक्किएको थियो । गम्भीर घाइते भएका थापाको उपचारको क्रममा साँझ साढे ५ बजेको समयमा हेटौंडा अस्पतालमा निधन भएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।

Exit mobile version