Home मुख्य समाचार डाक्टर कुटपिट प्रकरणः पक्राउ पुर्जी जारी भएका थप एक जना पक्राउ

डाक्टर कुटपिट प्रकरणः पक्राउ पुर्जी जारी भएका थप एक जना पक्राउ

सञ्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने समुह । फाइल तस्बीर

हेटौंडाः हेटौंडा–१, स्थित सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गरिएको घटनामा संलग्न रहेकामध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१२, सिग्रेनीका ३६ वर्षीय जिवन लामालाई हेटौंडा–१५, रातोमाटेबाट हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

यस अघि हेटौंडा–१२, सिग्रेनीका कै सुनिल पाख्रिन, रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो । जिल्ला अदालतले पक्राउ परेकाबाहेक घटनामा संलग्न थप ५ जनाको नाममा आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएका मध्ये २ जना पक्राउ परे भने अन्य ३ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गत साताको बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो ।

Exit mobile version