सांकेतिक तस्विर ।

हेटौँडाः लागुऔषधसहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । गत बिहिबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा सवारी साधनको सुरक्षाजाँच गर्ने क्रममा बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख ०३०५ नम्बरको यात्रुबाहक माईक्रोबसमा सवार पर्सा जिल्लाको पोखरिया नगरपालिका–९, पोखरियाका २३ वर्षीय जुगेश्वर राउत कुर्मीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

कुर्मीको साथबाट प्रहरीले लागुऔषध डाईजेपाम १०० एम्पुल, फेनार्गन ८६ एम्पुल र नुर्फिन ९९ एम्पुल बरामद गरेको प्रहरीले जानकारी दिएको छ । बरामद भएको लागुऔषधसहित कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।