हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आँखा पाक्ने रोगले महामारीको रुप लिएको छ । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखा रातो भएर जँचाउन आउने बिरामीको संख्या उच्च रहेको छ ।
आँखा रातो भएर आउने बिरामी सयौंको संख्यामा छन् । जसमा बिमाका बिरामी धेरै रहेका छन् । ४ सय आँखाका बिमा बिरामीलाई टिकट दिँदा १ सय जना मात्र बिमा बाहेकका बिरामीलाई टिकट हस्पिटलले दिएको छ ।