वृक्षरोपण गरिदैको तस्वीर ।

हेटौंडाः नेपाल विद्युत् प्राधिकरणले वार्षिकोत्सवको अवसरमा वृक्षरोपण गरेको छ । नेपाल विद्युत् प्राधिकरण, हेटौंडामा वृक्षरोपण गरिएको हो ।

विद्युतीय बागमती प्रदेश र बागमती प्रदेश डिभिजन कार्यालय भूटनदेवीले आयोजना गरेको कार्यक्रममा ३ सय ६ वटा विरुवा रोपिएको विद्युत् प्राधिकरणका प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो । वृक्षरोपण कार्यक्रममा प्राधिकरणका ८० जना कर्मचारीहरुले निम, टाँकी, बकाइनो तथा विभिन्न फल र फूलका विरुवा रोपेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणको भदौ १ गते ३८ औं वार्षिकोत्सव अवसरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणमा नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय प्रमुख दीपेन्द्रराज दुवेदी र हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठको उपस्थित रहेको पौडेलले जानकारी दिनुभयो ।

वार्षिकोत्सवको अवसरमा मंगलबारबाट ४ दिन ब्याडमिन्टन प्रतियोगिता हुने बताइएको छ । यस्तै, साउन २६ गते सरसफाइ कार्यक्रम र २७ गते रक्तदान कार्यक्रम गरिने पौडेलले जानकारी दिनुभयो ।