Home मुख्य समाचार बराम कार्यवाहक अध्यक्ष

बराम कार्यवाहक अध्यक्ष

नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईको कार्यवाहक अध्यक्षको बुद्ध बहादुर बराम

हेटौँडाः नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेवि) संघको मकवानपुर बहुमुखी क्याम्पस इकाईको कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्ध बहादुर बरामलाई दिइएको छ । नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम इकाई अध्यक्ष उमेश लाल स्याङ्तानले बरामलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

बराम मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा समानुपातिक प्रणालीमार्फत सदस्य निर्वाचित हुनुभएको छ । बराम मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तहमा बाणिज्य शास्त्र संकायका विद्यार्थी हुनुहुन्छ । मकवानपुरको बकैया गाउँपालिकाका बराम नेपाल विद्यार्थी संघ र स्ववियु दुवै मञ्चबाट आफू विद्यार्थी वर्गको हकहितका लागि क्रियाशील रहने बताउनुहुन्छ । संगठनको नेतृत्वको जिम्मेवारीलाई आफूले सामूहिकरुपमा स्वीकार्य हुने गरी उपयुक्त कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुन्छ ।

Exit mobile version