हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा बैशाख महिनादेखि दुईवटा खोपमात्र वितरण हुँदै आएको छ । उपमहानगरपालिकाले बैशाख महिनादेखि भेरोसिल र फाइजर खोपमात्र वितरण गर्दै आएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिनुभयो ।
अहिले उपमहानगरपालिमा फाइजर खोपको स्टक ३ सयभन्दा माथि र भेरोसिल खोपको स्टक भने नभएको बताइएको छ । भेरोसिल खोप चित्तबुझ्दो नलागेका कारणले नल्याइएको चौलागाईले बताउनुभयो ।
भेरोसिल खोप हुँदा पनि फाइजर ९० प्रतिशत र भेरोसिल १० प्रतिशत मानिसले लगाएका थिए । बैशाख र जेठ दुई महिनामा फाइजर खोप एक हजार २ सय ४७ जनाले लगाएका थिए भने बैशाख महिनामा एक सय ६ जनाले र जेठ महिनामा एक सय २७ जनाले भेरोसिल खोप लगाएको चौलागाईले बताउनुभयो ।