Home अर्थ/व्यापार अस्पताललाई कृषि विकास बैंकले दियो टिभि

अस्पताललाई कृषि विकास बैंकले दियो टिभि

टिभि हस्तान्तरण गरिँदै ।

हेटौँडाः कृषि विकास बैंक लिमिटेड हेटौँडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौँडा अस्पताललाई टिभि सहयोग गरेको छ । अस्पतालमा आउने विरामी र तिनका सहयोगीलाई स्वास्थ्यसम्बन्धी उपयोगी सूचना तथा जानकारी प्रदान गर्नका लागि उपयोगी हुने विश्वाससहित बैंकले टिभि सहयोग गरेको जनाएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटालाई कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतम, हेटौँडा शाखाका प्रबन्धक तीर्थराज पौडेलले टेलिभिजन हस्तान्तरण गर्नुभयो ।

Exit mobile version