Home मुख्य समाचार नमुना युवा नगर सभाको अभ्यास सम्बन्धी प्रशिक्षण सुुरु

नमुना युवा नगर सभाको अभ्यास सम्बन्धी प्रशिक्षण सुुरु

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजनामा नमुना युवा नगर सभाको अभ्यास सम्बन्धी प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको बिहिबार उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्नुभयो ।

युवा नेतृत्व तथा विकासमा सहयोग गर्न, युवाको सीप विकास तथा व्यक्तित्व विकास, युवामैत्री राष्ट्र नीति योजना र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिई सकारात्मक वातावरण निर्माण गर्न तालिम आयोजना गरिएको जिल्ला युवा परिषद् मकवानपुर जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहालले जानकारी दिनुभयो । तालिममा नेपालको शासन प्रणाली र विकासका प्रक्रियाको बारेमा सूचीकृत गर्नेबारे छलफल र अभ्यास हुने उहाँले बताउनुभयो ।

कार्यक्रमले फरकफरक कामहरुमा युवाहरुलाई राज्यसँग जोड्ने र महिला सशक्तिकरणको लागि जोड दिने उहाँले बताउनुभयो । नगरमा हुने र भएको कार्य सम्बन्धी जानकारी गराउन वडा १ देखि १९ नम्बर वडाका विभिन्न क्याम्पसका र विद्यालयका विद्यार्थीहरुलाई तालिममा सहभागी गराएको उहाँले बताउनुभयो । आइतबारसम्म चल्ने तालिममा श्याम काजी खत्री र स्वेच्छा दंगालले प्रशिक्षण दिइरहनुभएको छ ।

उपमहानगरपालिकाका युवा तथा खेलकुद शाखाका प्रमुख बसन्त कुमार सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिका कानून शाखा प्रमुख लक्ष्मण मैनाली र युवा अभियन्ता किशोर कुमार टण्डन लगाएतको उपस्थिति रहेको थियो ।

Exit mobile version