Home मुख्य समाचार वातावरण दिवसको अवसरमा साइकल र्याली

वातावरण दिवसको अवसरमा साइकल र्याली

साइकल र्यालीपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः विश्व वातावरण दिवसको सन्दर्भमा दीगो विकास संस्थाको आयोजना तथा विश्वविद्यालय तहमा वनविज्ञान विषय अध्ययनरत विद्यार्थीको व्यवस्थापनमा साइकल र्यालीको आयोजना गरिएको छ । वातावरणीय संरक्षणको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बिहान हेटौँडा–४, हुप्रचौरबाट साइकल र्याली सुरु भएको हो ।

साइकल र्याली मेनरोड, सीमाचोक, बुद्धचोक, कान्तिराजपथ, संगमचोक, मानसचोक, मनकामनाचोक, सानोपोखराचोक, भैरवरोड हुँदै पुनः हुप्रचौरमा आएर समापन गरिएको थियो । साइकल र्यालीपछि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले वातावरण संरक्षणमा सवैलाई ध्यान दिन आग्रह गर्नुभयो । वनविज्ञानका विद्यार्थीले आमरुपमा सचेतना अभिवृद्धिमा पनि ध्यान दिन पनि उहाँले जोड दिनुभयो ।

दीगो विकास संस्थाको आयोजनामा आज बिहान हेटौँडासँगै धनगढी, पोखरा, विराटनगर र धुलिखेलमा पनि एकसाथ साइकल र्यालीको आयोजना गरिएको स्नातक तह पाँचौं सेमेस्टरमा वनविज्ञान विषय अध्ययनरत विद्यार्थी कल्याण राज खड्काले जानकारी दिनुभयो । स्नातक तह तेस्रो सेमेस्टरमा वनविज्ञान विषय अध्ययनरत आकृति सुर्यवंशीले सवैको सरोकारको विषयमा विद्यार्थीले सचेतनाका लागि यस किसिमको अग्रसरता लिएको बताउनुभएको छ ।

Exit mobile version