हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा भएको रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा सोमबार मकवानपुरको पूर्वी ग्रामीण क्षेत्रमा उल्लेख्य व्यक्तिले रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी फापरवारी उपशाखाको आयोजनामा भएको कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पनि रक्तदान गर्नुभयो । गणतन्त्र दिवसकै अवसरमा आइतबार हेटौँडामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए ।











