Home मुख्य समाचार बागमती प्रदेश सरकार सही दिशामा छैनः सिलवाल

बागमती प्रदेश सरकार सही दिशामा छैनः सिलवाल

एकीकृत माक्सवादी लेलनवादीका प्रदेश सभा सदस्य कृष्ण प्रसाद सिलवाल

हेटौँडाः बागमती प्रदेश सरकार सही दिशामा नभएको एकीकृत माक्सवादी लेलिनवादीका प्रदेश सभा सदस्य कृष्ण प्रसाद सिलवालले टिप्पणी गर्नुभएको छ । बुधबार बजेटमाथिको छलफलको क्रममा बोल्नुहुँदै सिलवालले व्यवसायी धरासायी, कृषि घाटा हुँदै गरेको अवस्थामा बागमती प्रदेश सरकारले चिठ्ठा विधेयक ल्याउन लागेको भन्दै टिप्पणी गर्नुभएको हो ।

प्रदेश सभा सदस्य सिलवालले सरकारले कर्मचारीको तलब दिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारले बिनाविभागीय मन्त्री नियुक्त गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले बिना विभागीय मन्त्री नियुक्त गर्नु सुशासन नभएको धारणा राख्नुभयो । प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्दै गर्दा सबै मिलेर उचित उत्तर दिन सक्नुपर्ने बताउँदै उहाँले भ्रष्टाचाररहित समाज निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभयो । नेपालीलाई भुटानी शरणार्थी बनाउने भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य सिलवालले आवश्यक्ताको आधारमा बजेट बिनियोजन गर्न माग राख्नुभएको छ ।

Exit mobile version