हेटौंडाः मकवानपुरमा लम्पी स्किन डिजीज रोग तिब्र रुपमा फैलिदै गएको छ । हाल सम्म ९ वटा स्थानिय तहमा रोग फैलि सकेको छ । मकवानपरको राक्सीराङ गाउँपालिकामा यो रोगको लक्षण देखिएको छैन । मकवानपुरमा हालसम्म लम्पी स्किनबाट २०८ वटा पशुको मृत्यु भको छ । ५ हजार ३ सय ९८ वटा पशु संक्रमीत भएका छन ।
सरकारले रोग संक्रमण देखिए पछि भ्याक्सीन लागाउने कार्य सुरु गरि सकेको छ । मकवानपुरगढी गाउँपालिकामा ३ हजार ५ सय र बकैया गाउँपालिकामा १ हजार पशुमा खोप लगाइएको र अन्य पालिकामा खोप अभियान सञ्चालन भइरहेको छ । लाम्पी स्किन डिजीज रोग भैसिमा भन्दा गाईमा संक्रमण उच्च रुपमा फैलिएको देखिएको छ ।
हेटौंडा उपमाहानगरमा २ हजार १ सय ६३ पशुमा संक्रमण देखिएमाल ६१ पशुको मृत्यु भएको छ । यस्तै, बकैया गाउँपालिकामा ३ सय ३ पशु संक्रमीत रहेकोमा २९ वटा पशुको मृत्यु भएको छ । इन्द्रसरोबर गाउँपालिकामा ९ वटा संक्रमीतमा २ वटाको मृत्यु, कैलाश गाउँपालिकामा २ सय वटामा संक्रमीतमा १३ वटाको मृत्यु, थाहा नगरपालिकामा ४४ वटा संक्रमीत, भिमफेदी गाउँपालिकामा ३ सय ६१ वटामा संक्रमीत १६ वटाको मृत्यु, मकवानपुरगढी गाउँपालिकामा १ हजार ९ सय संक्रमीतमा ६७ वटाको मृत्यु र मनहरीमा ४ सय ५० वटामा संक्रमण देखिएकोमा २० वटा पशु चौपायको मृत्यु भएको छ । यो रोग संक्रमणबाट मकवानपुरगढी गाउँपालिका उच्च जोखिममा रहेको छ ।
