Home खेलकुद प्रदेश खेलकुदः दुई सय मिटरमा मकवानपुरका दिना र जिकेशलाई स्वर्ण पदक

प्रदेश खेलकुदः दुई सय मिटरमा मकवानपुरका दिना र जिकेशलाई स्वर्ण पदक

एथलेटिक्सको २ सय मिटर दौडमा पहिलो भएकी डिना गोपाली (बीच) ।

हेटौँडाः मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्स दुई मिटर दौडमा स्वर्ण पदक जितेका छन् । पिप्ले–क्याम्पा रंगशालामा भएको प्रतिस्पर्धामा मकवानपुरका दिनाले महिलातर्फ र जिकेशले पुरुषतर्फ स्वर्ण जितेका हुन् । दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए ।

महिलातर्फ भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र काँस्य पदक जिते । पुरुषतर्पm भने मकवानपुरकै सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले काँस्य पदक जिते । महिला ८०० मिटर दौडमा ललितपुरकी रजिना दुलालले सफलता प्राप्त गरिन् । उनले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले काँस्य पदक जिते । पुरुषतर्फ चितवनका अृमत बोटले सफलता पाए । उनले निर्धारित दूरी २ मिनेट ८ सेकेन्डमा पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई काँस्य पदक जित्न सफल भए ।

एथलेटिक्सको २ सय मिटर दौडमा पहिलो भएका जिकेश सापकोटा (दायाँबाट पहिलो) ।

पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले सफलता पाए । उनले १८ मिनेटमा ९ सेकेन्डमा उक्त दूरी पार गरे । काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोककै विश्वराम कुँवरले क्रमशः रजत र काँस्य पदक जिते । यसै विधाको महिलामा पनि सिन्धुपाल्चोककै निनु तामाङले स्वर्ण जित्दा २१ मिनेट ८ सेकेन्डमा पूरा गरिन् । दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले काँस्य पदक जिते । महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । उनी ४.८३ मिटर पर उफ्रिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते । पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक जित्दा ६.३४ मिटर पर उफ्रिए ।

एथलेटिक्सको सटपुट पहिलो भएका ललित राउत ।

चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते । पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याक्दै स्वर्ण पदक जिते । रामेछापका प्रचण्ड ढुंगेल रजत र चितवनका दीपेश महतो काँस्य पदक जित्न सफल भए । महिलाकै सटपुटमा चितवनकै अप्सरा श्रेष्ठले स्वर्ण जितिन् । उनले ८.८३ मिटर पर फ्याकिन् । सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले काँस्य पदक जिते ।

Exit mobile version