Home मुख्य समाचार बञ्जारालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

बञ्जारालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

हेटौंडाः जबरजस्ती करणी अभियोगमा पक्राउ परेका इन्द्रप्रसाद बञ्जारालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ । सोमबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले यस्तो आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

उक्त आदेशसँगै मुद्दा फैसला नभएसम्म बञ्जारा थुनामै बस्नुपर्नेछ । आइतबार बञ्जारामाथिको बयान हेर्दाहेर्दैमा राखिएको थियो । बञ्जारामाथिको मुद्दा गत बिहीबार न्यायाधीश सञ्जेलको इजलासमा दर्ता भएको थियो । ३ हप्ताअघि एक महिलाले बञ्जाराविरुद्ध बलात्कारको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोमबार न्यायाधीश सञ्जेलको इजलासमा परेका अर्काे जबरजस्ती करणी मुद्दामा पनि एक जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश भएको छ ।

शुक्रबार न्यायाधीश सञ्जेलको इजलासमा दर्ता मुद्दाका अभियुक्त सारसकुमार खड्कालाई पुर्पपक्षमै राख्न आदेश भएको हो । सोमबार न्यायाधीश ऋषिराम निरौलाको इजलासमा परेको जबरजस्ती करणीको अर्को मुद्दा भने स्थगित भएको छ ।

Exit mobile version