हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रमा भएको कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । आरएम केमिकल प्रालिको आयोजनामा आइतबार भएको कार्यक्रममा ४४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभएको छ ।
बैशाख दोस्रो सातादेखि नियमित रक्तदान कार्यक्रम भएका कारण मागअनुसार रगत वितरण गर्न सहज भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ ।
