हेटौंडाः हेटौंडामा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । आईतबार हेटौँडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार कँडेलले घर नजिकै रहेको जङ्गलबाट आफैँले सर्प ल्याएका थिए । उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी औंलामा टोक्दा गम्भीर बिरामी भई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक कार्कीले जानकारी दिनुभयो ।
