हेटौंडाः यामाहा कम्पनिको १५५ सीसीको स्कुटर हेटौंडामा सार्वजनिक गरिएको छ । हेटौंडाका लागि आधिकारिक विक्रेता राज मोटर्सले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले १५५ सीसीको एरोक्स स्कुटर सार्वजनिक गर्नुभएको हो ।
स्कुटर सार्वजनिक गर्ने कार्यक्रममा यामाहा कम्पनिका सिनियर रिजनल म्यानेजर राम बोगटीले ६० वर्षदेखि यामाहाले नेपालमा समयानुकुल मोडल ल्याएको उल्लेख गर्नुभयो । १५५ सीसीको एरोक्स स्कुटर मोटरसाइकलकै क्षमताको भएको र स्कुटरको बढ्दो मागलाई मध्यनजर गरी कम्पनिले मागअनुसारकै क्षमता र गुणको स्कुटर ल्याएको बोगटीले दावी गर्नुभएको छ । नयाँ मोडलको स्कुटरले प्रयोगकर्तालाई सन्तुष्टी दिने बोगटी दावी गर्नुहुन्छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले नेपाली समाजको क्रयशक्ति बढ्दो क्रममा रहेका बेला स्तरीय र बढी मूल्यका स्कुटरहरु बजारमा आएको बताउनुभयो । उद्योग, व्यवसायमा मन्दी आएका बेला पनि कम्पनिले नयाँ मोडल बजारमा ल्याउँदा चुनौति रहने उल्लेख गर्नुहुँदै अध्यक्ष अग्रवालले राज मोटर्सलाई व्यावसायिक सफलताका लागि थप मिहिनेत गर्न सुझाव दिनुभएको छ । यामाहा कम्पनिका मोटरसाइकल तथा स्कुटरको हेटौंडाका लागि आधिकारिक विक्रेता राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले मोटरसाइकल तथा स्कुटरको विक्रीसँगै सर्भिसमा पनि ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।