फाईल तस्वीर ।

हेटौंडाः जिल्ला अदालत मकवानपुरले सोमबार २५ वटा मुद्धा फैसला गरेको छ । ५८ मुद्धा पेशी रहेकोमा २५ वटा मुद्धा फैसला भएको हो । २७ वटा मुद्धामा आदेश र ६ वटा मुद्धा स्थगित भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

न्यायाधीश ऋषिराम निरौलाको इजलाशमा १२ मुद्धा पेशी परकोमा ७ वटा मुद्धा फैसला भएको र ५ वटा मुद्धा आदेश भएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशमा २१ वटा मुद्धा पेशी परेकोमा ५ फैसला, १३ आदेश र ३ वटा मुद्धा स्थगित भएको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशमा १४ वटा मुद्धा पेशी परेकोमा ७ वटा मुद्धा फैसला, ५ वटा आदेश र २ वटा मुद्धा स्थगित भएको छ । यस्तै, न्यायाधीश मनकुमारी जीएम विकको इजलाशमा ११ वटा मुद्धा पेशी परेकोमा ६ वटा फैसला भएको, ४ वटा आदेश र एउटा मुद्धा स्थगित भएको छ ।

परेका मुद्धामध्ये लेनदेनको ४ वटा मुद्धा, ज्यान मार्ने उद्योगको एउटा मुद्धा, बैंक भौचर लेनदेनको एउटा मुद्धा, सम्बन्धविच्छेदको २ वटा मुद्धा, जालसाजीको २ वटा मुद्धा, फैसला बदरको एउटा मुद्धा तथा चेक अनादरको २ वटा मुद्धा रहेका थिए । यस्तै, दुषित राजीनामा लिखित दर्ता २ वटा मुद्धा, बण्डा मुचुल्का तामेली पर्चासमेत बदर तथा दाखिला खारेज निर्णय पर्चा बदर एउटा मुद्धा, रोक्का ३ वटा मुद्धा, अंश सम्बन्धविच्छेद जीवनयापन खर्च दिलाई पाउ“ एउटा मुद्धा, अंश दर्ता चलान ३ वटा मुद्धा, लागूऔषध एउटा मुद्धा र जेष्ठ नागरिक सम्बन्धी ऐनबमोजिम कैद सजाय छुट गरिपाउ“ एउटा मुद्धा फैसला भएको छ ।

यस्तै, मंगलबार ५७ ओटा मुद्धा पेशी परेकोमा १५ वटा मुद्धा फैसला भएको थियो । उक्त दिन १८ मुद्धा आदेश र ११ वटा स्थगित भएको हो । फैसला भएको मुद्धामध्ये साम्बन्धविच्छेदको ३ वटा, रोक्का निवेदनको मुद्धा ३ वटा र अंश सम्बन्धविच्छेद ३ वटा मुद्धा रहेका छन् । पछिललो सयम रोक्का सम्बन्धविच्छेदको मुद्धा धेरै आएको देखिएकोे छ ।