Home कला लुम्बिनी प्रदेशस्तरीय बालसाहित्य उत्सव सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय बालसाहित्य उत्सव सम्पन्न

साहित्यकारलाई सम्मान गरिँदै ।

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेशस्तरीय बाल साहित्य उत्सव गरेको छ । छन्द दिवस तथा नवसर्जक साहित्य चौतारीको प्रथम स्थापना दिवसको अवसरमा प्रथम बालसाहित्य उत्सव सम्पन्न भएको हो । उत्सवमा स्रष्टा सम्मान एवम् रचना वाचनसमेत गरिएको थियो ।

कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, प्रा.डा. हिरण्यलाल ज्ञवाली, सहप्राध्यापक डा. गणेश पाण्डेय, डा. हिमलाल पन्थी, डा. प्रेमप्रसाद तिवारी, डा. नारायणप्रसाद पन्थ, युवा प्रतिभा सुलभ अधिकारी, बालप्रतिभा लक्ष्मी सुवेदी गरी आठ जनालाई सम्मान गरिएको थियो । कपिलवस्तु जिल्लाको वाणगंगामा सम्पन्न भएको कार्यक्रममा नवसर्जक साहित्य चौतारी, लुम्बिनी प्रदेश समितिकी अध्यक्ष जोशिका कँडेल ‘निशा’को अध्यक्षता तथा राष्ट्रियसभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार हरिप्रसाद घिमिरे, चौतारीका परिकल्पनाकार एवम् केन्द्रीय संरक्षक दीपक गौतम, संस्थाकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईं, केन्द्रीय सल्लाहकारहरु ऋषिकेशव भारद्वाज, रमेशमोहन अधिकारी, जयन्ती आचार्य, साहित्यकारहरु जनार्दन खनाल, ऋषि आजाद विशिष्ट अतिथिका रुपमा रहनुभएको थियो । करिब एक सय ५० साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा बुद्धिसागर बेलबासे, यज्ञलाल सुवेदी, विद्या बेलबासे, कृष्णप्रसाद पाण्डे, सरु ज्ञवाली, सूर्य भुसाल, कृष्णप्रसाद भट्टराई, कमला खनाल कँडेल, प्रकाश भुसाललगायत दुई दर्जन स्रष्टाले रचना वाचन गर्नुभएको थियो ।

हेटौंडामा केन्द्रीय कार्यालय रही देशका सात वटै प्रदेशमा कार्यसमिति विस्तार गरेको चौतारीको केन्द्रीय समितिको समन्वयमा हरेक प्रदेशमा बालसाहित्य उत्सव सम्पन्न गर्ने योजना रहेको र सोहीअनुरुप लुम्बिनी प्रदेशले कार्यक्रम सम्पन्न गरेको चौतारीकी अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । आगामी दिनमा सबै प्रदेशमा कार्यक्रम गर्ने उहाँले बताउनुभयो ।

Exit mobile version