Home कला कविता प्रतियोगितामा प्रथम भए समर्पण

कविता प्रतियोगितामा प्रथम भए समर्पण

समर्पणलाई पुरस्कृत गर्नुहुँदै बागमतीका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः आँचल साहित्य कला पुञ्जले आयोजना गरेको खुला कविता प्रतियोगितामा समर्पण न्यौपाने प्रथम भएका छन् । साहित्यकार पारिजातको ३० औं स्मृति दिवसको सन्दर्भमा आयोजना गरिएको प्रतियोगितामा कृष्मा लौडारी द्वितीय, रियाज कार्की तृतीय र अनिल कोईराला सान्त्वना भए ।

यस्तै बाल प्रतिभा प्रोत्साहनस्वरुप शिष्टता ढोँडारी र प्रेरक गौतमलाई प्रशंसापत्र प्रदान गरिएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी बाल प्रतिभा प्रोत्साहनवापत ५/५ सय रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा ३० जनाको सहभागिता रहेको थियो । अप्रतियोगीका रुपमा केही रचना वाचन गरिएको थियो । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डारमणि पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version