Home कला स्मृति दिवसमा पारिजातको शालिकमा माल्यार्पण

स्मृति दिवसमा पारिजातको शालिकमा माल्यार्पण

पारिजातको शालिकमा माल्यार्पण गर्नुहुँदै वडा अध्यक्ष लामा ।

हेटौंडाः साहित्यकार पारिजातको ३० औं स्मृति दिवसका दिन मंगलबार हेटौंडा–१० स्थित पारिजातको शालिकमा माल्यार्पण गरिएको छ । साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

पारिजातको शालिकमा माल्यार्पणपछि पारिजातका रचना वाचन समेत गरिएको थियो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा १० नम्बर वडा अध्यक्ष फूर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार निमेष निखिल, मनोज पोखरेल, मसान उपासकले पारिजातका रचना वाचन गर्नुभएको थियो ।

Exit mobile version