हेटौंडाः छिमेकी मुलुक भारतको गुजरातबाट नेपाल आएका एक तीर्थयात्रीको मृत्यु भएको छ ।
भारतको गुजरातबाट तीर्थयात्राको क्रममा पोखरातर्फ जाँदै गरेका जीएएस ०१ पीसी ७८९० नम्बरको भारतीय बसमा सवार तीर्थयात्री ५९ वर्षीय बिष्णु पटेल भाई आइतबार राती १ बजेको समयमा बस भित्र अचानक बेहोस भएका थिए । देवघाटमा बेहोस भएका बिष्णुलाई पर्यटकका पथप्रदर्शक राजकिशोर मधेशीले नयाँ मेडिकल कलेज भरतपुर पुर्याएका थिए । उपचारको क्रममा बिष्णुको राती २ बजे चिकित्सकले मृत घोषणा गरे । बिष्णु परिवारसहित तीर्थयात्रामा आएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ ।










