मकवानपुरको भीमफेदी गाउँपालिकास्थित महेन्द्र मावि परीक्षा केन्द्रमा परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) को पाँचौ दिन दिन बिहीबार अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा भएको छ । सामाजिक अध्ययन विषयको परीक्षामा ६ हजार एक सय ६१ जना परीक्षार्थी उपस्थित भएका छन् ।

३ हजार ३ सय ६७ जना छात्रा र २ हजार ७ सय ९४ जना छात्र परीक्षामा उपस्थित भएका हुन् । यस्तै एक सय २४ जना विद्यार्थी सामाजिक अध्ययन विषयको परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्र चौधरीले जानकारी दिनुभएको छ । ४८ जना छात्रा र ७६ जना छात्र परीक्षामा अनुपस्थित भएको उहाँले बताउनुभयो । चैत २९ गतेसम्म संचालन हुने परीक्षाको छैठौं दिन शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुनेछ ।