हेटौंडाः हेटौंडा–२ स्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई व्याग सहयोग गरेको छ । बुधबार हेटौंडा–१२, सिग्रेनीस्थित प्रतिभा आधारभुत विद्यालयका ५५ जना विद्यार्थीलाई व्याग सहयोग गरी संस्थाले स्थापना दिवस मनाएको हो ।
व्याग हस्तान्तरण कार्यक्रममा १२ नम्बर वडाका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कमल कुमार लामाको पनि उपस्थिति रहेको थियो । सहकारी स्थापना दिवसको अवसरमा बोल्नुहुँदै सहकारीकी अध्यक्ष प्रतिमा श्रेष्ठले सहकारीले मासिक बैठक बसेर संस्थाबारे छलफल गरिरहेको बताउनुभयो । उहाँले युवा स्वरोजगार कोषबाट रकम लगानी गरेको पनि बताउनुभयो । संस्थाले बहुउद्देश्यीय सहकारी मध्येका उत्कृष्ट सहकारीहरुलाई सम्मानित भएको बताउनुभयो । उहाँले संस्थाको प्रगति विवरणबारे चर्चा गर्नुभयो । सहकारीमा अहिले १ हजार ८ सय ८ जना शेयर सदस्य रहेको सहकारीको २ करोड ३१ लाख २० हजार रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीले ४ करोड २२ लाख २७ हजार रुपैयाँ बचत संकलन गरेको छ ।
स्थापना दिवस समारोहमा बागमती प्रदेश सहरी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीहरुले सबै क्षेत्रको हितमा काम गर्नुपर्ने बताउनुभयो । बचत र ऋण मात्र नभई सामाजिक क्षेत्रमा सहकारीले काम गरिदिनुपर्ने उहाँले बताउनुभयो । नीति, विधि र ऐनलाई पूर्णरुपमा पालना गरी सहकारीलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले सहकारीले ऋण लगानी मापदण्ड कडा गर्नुपर्ने बताउनुभयो । उहाँले सहरकारीले सदस्यहरुले आफ्नो रकम आवश्यक परेको बेला प्राप्त गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, पूर्वअध्यक्ष पूर्ण प्रसाद पुडासैनी, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्याल र मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तेजराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
