Home अर्थ/व्यापार महासंघको उपाध्यक्षमा सुमार्गी, सदस्यमा कटुवालको उम्मेदवारी दर्ता

महासंघको उपाध्यक्षमा सुमार्गी, सदस्यमा कटुवालको उम्मेदवारी दर्ता

हेटौंडाः उद्योगी, व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा मकवानपुरका उद्योगी अरुण राज सुमार्गीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै कार्यसमिति सदस्यतर्फ मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सुमार्गीले जिल्ला/नगरतर्फ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो । मंगलबार उम्मेदवारी दर्ता गरिएको हो । यही चैत २९ गते मतदानको कार्यक्रम हुनेछ । मकवानपुरका सुमार्गी र कटुवाल अञ्जन श्रेष्ठको प्यानलमा हुनुहुन्छ । जिल्ला/नगर उपाध्यक्षमा सुमार्गीको प्रतिस्पर्धीमा दिनेश श्रेष्ठ र श्रीकृष्ण वैद्य हुनुुहुन्छ । यस्तै खुलातर्फ १८ जना सदस्यमा कटुवालसँगै ३२ जनाको उम्मेदवारी परेको छ ।

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईको उम्मेदवारी परेको छ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । चैत २८ र २९ गते हुने वार्षिक साधारणसभापछि चन्द्र ढकाल स्वतः महासंघको अध्यक्षमा पदस्थापित हुनुहुनेछ ।

Exit mobile version