Home मुख्य समाचार प्रदेश योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा.डा. नरबिक्रम थापा नियुक्त

प्रदेश योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा.डा. नरबिक्रम थापा नियुक्त

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त प्रा.डा. नरबिक्रम थापालाई नियुक्तिपत्र हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्केल ।

हेटौंडाः बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुली जिल्लाका प्रा.डा. नरबिक्रम थापा नियुक्त हुनुभएको छ । बुधबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले थापालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई दिने निर्णय पनि बुधबारको मन्त्रीपरिषद् बैठकले गरेको छ । प्रदेश सरकारले २०८० बैशाख १ गतेबाट मातहतका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी लागू गर्ने निर्णय गरेको छ भने न्वागी र लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।

Exit mobile version