Home मुख्य समाचार लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषध सहित पक्राउ परेकाहरु ।

हेटौंडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१ मा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडदेवी गाउँपालिका–२ का ३१ बर्षीय अर्जुन कुमार श्रेष्ठ र बारा जिल्लाको जितपुर–सिमरा–३ का १९ बर्षीय दिपेश कार्की पक्राउ परेका हुन्। आइतबार राति ९ बजेको समयमा बीरगंजबाट रामेछाप जाँदै गरेको ००१ क २२४३ नम्बरको टेलर (लहरी) शंका लागि सुरक्ष जाँच गर्दा क्याविनमा रहेको सिटमुनी लुकाई ल्याएको अवस्थामा लागुऔषध फेला परेको हो ।

उनिहरुको साथबाट लागुऔषध डाइजेपाम २ एम्पुल, नोर्फिन २८ एम्पुल, फिनागर २८ एम्पुल, नाइट्रोभेट १० नामक ७५ वटा ट्याव्लेट र नेट्राजेपाम ८० ट्याव्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । साथै सोही राति ९ बजेर १५ मिनेटको समयमा बीरगंजबाट आउँदै गरेको म. प्र. ०३–००१ क.२२४३ नम्बरको टेलर (लहरी) सुरक्षाजाँच गर्दा क्याविनमा रहेको सिटमुनी लुकाई ल्याएको लागुऔषधसहित चालक मनहरी गाउँपालिका–२ का ३० बर्षीय पुष्प बहादुर राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । राईको साथबाट डाइजेपाम २६ एम्पुल, नोर्फिन २६ एम्पुल, फिनागर २६ एम्पुल, नाइट्रोभेट १० नामक १५० वटा ट्याव्लेट र नेट्राजेपाम ४० ट्याव्लेट बरामद गरेको प्रहरीले बताएको छ ।

उनिहरुकोे साथबाट डाइजेपाम ५४ एम्पुल, नोर्फिन ५४ एम्पुल, फिनागर २८ एम्पुल, नाइट्रोभेट १० नामक ५० ट्याव्लेट, नेट्राजेपाम ८० ट्याव्लेट बरामद गरेको हो । तीनै जनालाई पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version