हेटौंडाः हराएको मोटरसाइकल खोजी गरेर मकवानपुर प्रहरीले मोटरसाइकल धनीलाई बुझाएको छ । हेटौंडा–७ का दिनेश थापा मगरको ना ४२ प ७०७० नम्बरको मोटरसाइकल गत चैत ११ गते राती हराएको थियो । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरी टोलीले फेला पारी बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले लामालाई मोटरसाइकल बुझाएको हो ।