हेटौंडाः उच्च शिक्षा अध्ययनरत हेटौंडा–८ का दृष्टिबिहीन विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाले ल्यापटप सहयोग गरेको छ । हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविबाट एसइइ उत्तीर्ण गरेका हेटौंडा–८ का कृष्ण बस्नेतलाई सोमबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले ल्यापटप हस्तान्तरण गर्नुभएको हो । बस्नेतको नियमित अध्ययनमा सहजताका लागि लागि उपमहानगरले ल्यापटप दिएको हो ।
चितवन जिल्लाको झुवानी क्याम्पसमा कक्षा–११ मा अध्ययनरत बस्नेतले ल्यापटप दिएकोमा उपमहानगर प्रमुख लामालाई धन्यवाद दिनुभयो । अन्य पालिकहरुबाट पनि आफुसँग पढ्ने साथीहरुले इलोक्ट्रोनिक उपकरण पाएपछि आफुले पनि यहाँ ल्यापटप माग गरेको उहाँको भनाइ छ । नगर प्रमुख लामाले दृष्टिबिहिन बस्नेतलाई आगामी शैक्षिक यात्राको शुभकामना दिनुभयो । उहाँले उपमहानगरले शैक्षिक सुधारसँगै गरिब र असहाय विद्यार्थीका लागि शैक्षिक सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
