Home मुख्य समाचार रास्वपाको बागमती प्रदेश सभापतिमा डा. अच्युत्तम लामिछाने निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा डा. अच्युत्तम लामिछाने निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापति निर्वाचित हुनुभएका डा. अच्युत्तम लामिछाने सपथ ग्रहण गर्नुहुँदै ।

हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समिति सभापतिमा डा. अच्युत्तम लामिछाने निर्वाचित हुनुभएको छ । आइतबार राती सम्पन्न निर्वाचनबाट काठमाडौंका डा. लामिछाने प्रदेश सभापति निर्वाचित हुनुभएको हो ।

सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा डा. लामिछानेसहित चितवनकी जिता बराल, काभ्रेका दीपक बिक र दिनेश हुमागाई उम्मेदवार हुनुहुन्थ्यो । दोस्रो चरणमा डा. लामिछाने र दीपक बिक उम्मेदवार रहनुभएको थियो ।

यसअघि आइतबार साँझ प्रदेश समितिमा ८ जना महिलासहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक एकजनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समितिमा सदस्य चयन भएका थिए ।

Exit mobile version